scheduleमगलवार आश्विन १३ गते, २०७७

थकाइ महसुस भयो, यसो गर्नुहोस्

शरीरमा उर्जाको कमीले थकाइ महसुस हुन्छ । त्यसलाई कमगर्न प्रशस्त मात्रामा प्रोटीनयुक्त खानामा खानु आवश्यक हुन्छ ।

दिनभर थोरै थोरै पानी पिउनु तथा कुनै तरल पदार्थ पिउनाले शरीरका हानीकारक तत्व बाहिर निस्कन्छ र शरीरमा शक्ति पैदा हुन्छ । यसले थकाइ कम गर्न मद्दत गर्छ ।

प्रशस्त मात्रामा कार्बोहाइड्रेटयुक्त खानाको सेवन गर्नाले शरीरमा थकाइ महसुस कम हुन्छ । साथै मौसम अनुसारका फलफूल पनि सेवन गर्नु पर्छ ।

दुधसंग मह मिलाएर पिउनाले शरीरमा शक्ति पैदा गर्छ र थकाइ लाग्नबाट बचाउँछ ।

दैनिक रुपमा ७/८ घण्टा निदाउनु जरुरी हुन्छ । निन्द्राले शरीरलाई सक्रिय राख्न मद्दत गर्छ गर्छ र थकाइ लाग्नबाट जोगाउँछ । नियमित रुपमा सुत्नाले शरीरका हरेक भागहरुले आराम पाउँछन् र मस्तिष्कलाई पनि केही समयको बिश्राम मिल्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय