scheduleबुधवार मंसिर १७ गते, २०७७

टर्रो अम्बाको पात सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक

हुन त अम्बा हाम्रो घर वरपर पाइने भए पनि यसको फलमा सबैको ध्यान जान्छ किनकी यो एक मिठो फल हो । तर, हामीले अम्बा खाइरहँदा त्यसको पात कसैले वास्ता गरेको हुँदैनन् ।

तर, अम्बाको पात खाएमा मानव स्वास्थ्यलाई फाइदा पुर्‍याउने अध्ययनले समेत देखाइसकेको छ । त्यस्तै आज हामी तपाईलाई अम्बाको पात सेवनको फाइदाहरु बारे जानकारी गराउँछौं ।

यी हुन् अम्बाको पात सेवन गर्नुका फाइदाहरु :
– अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि निकै फाइदाजनक हुन्छ ।
– अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ । साथै कपाल र छाला स्वस्थ बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।
– ४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।
– अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay