scheduleबिहिवारफाल्गुन २० गते, २०७७

डेरावाल हत्या प्रकरण : घरधनीसहित ३ जना पक्राउ

काठमाडौं, २८ भदाै । आफ्नै घरमा भाडामा बसेका व्यक्तिलाई हत्या गरेको आरोपमा काठमाडौंको कीर्तिपुरबाट घरधनीसहित ३ जना पक्राउ परेका छन् ।

कीर्तिपुर नगरपालिका-७ भाजंगलका प्रेमकृष्ण महर्जन र उनका दुई छोराहरु परमेश्वर र प्रमोद पक्राउ परेको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार पानी थाप्ने विषयमा विवाद हुँदा घरबेटी महर्जनले काठको आग्लोले प्रहार गर्दा ४२ वर्षीय शम्भु चौधरीको मृत्यु भएको थियो ।

गम्भीर घाइते उनलाई उद्दार गरी उनलाई उपचारका लागि किर्तिपुर अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay