scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

गण्डकी प्रदेशमा सोमबार थपिए ९१ संक्रमित, पोखराका मात्रै ५० जना

पोखरा, २९ भदौ । गण्डकी प्रदेशमा सोमबार ९१ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार साँझ जारी गरेको दैनिक अध्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै राजधानी पोखराका ५० जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

सोमबार विहानसम्म पोखराका १७ सहित गण्डकीमा १९ संक्रमित थपिएका थिए । त्यसपछि दुईपटक गराइएको जानकारीअनुसार कास्कीमा थप ३७ सहित गण्डकीमा ७२ संक्रमित थपिएका हुन् ।

पछिल्लोपटक थपिने संक्रमितहरुको विवरणः

क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका-१३ का चारजना महिला र एकजना पुरुषमा संक्रमण पुष्‍टि भएको छ । त्यसैगरी पोखरा-१० का दुई पुरुष र दुई महिलामा पनि कोरोना पोजेटिभ देखिँदा पोखरा-२६ का तीनजना महिला र एकजना पुरुषमा पनि संक्रमण पुष्‍टि भएको छ ।

यस्तै पोखरा-७ का तीनजना पुरुष, पोखरा-१ का दुई महिला र एक पुरुष तथा पोखरा-१४ का पनि दुई महिला र एक पुरुषमा संक्रमण देखिएको छ । त्यसैगरी पोखरा-९ का एक महिला एक पुरुष, पोखरा-८ का दुई महिला र एक पुरुष तथा पोखरा-२५ का एक पुरुष र बालिकामा संक्रमण पुष्‍टि भएको छ । पोखरा-५, १७ र २७ का एक-एकजना पुरुष तथा पोखरा-६ की एकजना महिलामा पनि संक्रमण देखिएको छ ।

कास्कीकै रुपा गाउँपालिका वडा नं २ र ५ का दुईदुईजना पुरुषमा पनि संक्रमण देखिएको छ ।

यता तनहुँको ऋषिङ गाउँपालिकाका ११ जना पुरुषमा संक्रमण पुष्‍टि हुँदा शुक्लागण्डकीका ५ पुरुष र १ महिला तथा व्यासका एक पुरुषमा संक्रमण देखिएको छ । गोरखाको पालुङटार नगरपालिकाका ६ पुरुष र १ महिलामा संक्रमण देखिँदा गोरखा नगरपालिकाका एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्‍टि भएको छ ।

लमजुङको मध्यनेपालका दुई पुरुष र एक महिलामा संक्रमण पुष्‍टि भएको छ भने चितवनमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको देवचुली नगरपालिकाका दुई पुरुष र एक महिला तथा गैंडाकोटका एक पुरुषमा संक्रमण देखिएको छ ।

पोखरामा उपचाररत स्याङ्जाको पुतलीबजार निवासी ८० वर्षीया वृद्धामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

यसरी विहानसम्म १९ जना र त्यसपछि ७२ जना गरी गण्डकी प्रदेशमा सोमबार कुल ९१ जना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशभर कुल संक्रमितको संख्या ३०६४ पुगेको छ ।

त्यसैगरी प्रदेशभर निको हुनेको संख्या १८९५ पुग्दा हालसम्म २९ जनाको संक्रमणका कारण ज्यान गएको छ । प्रदेशभर सक्रिय संक्रमितको संख्या ११४० पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay