scheduleमगलवार आश्विन १३ गते, २०७७

जर्मन कपमा डर्टमुन्डको फराकिलो जीत

काठमाडौं, ३० भदौ । जर्मन कप फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा बोरुसिया डर्टमुन्डले फराकिलो अन्तरको जीत निकालेको छ । सिजनको उत्कृष्‍ट सुरुवात गर्ने क्रममा उसले डुइसबर्गलाई उसैको मैदानमा ५-० ले हरायो ।

खेलको १५औं मिनेटमा नै डर्टमुन्डले जेडन सान्चोको गोलमार्फत अग्रता लिएको थियो । त्यसपछि ३०औं मिनेटमा युवा मिडफिल्डर जुड बेलिन्घमले गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे ।

३८औं मिनेटमा फरवार्ड एर्लिङ हालान्डलाई पेनाल्टी क्षेत्रको ठिक बाहिर लडाएपछि डुइसबर्गका डोमिनिक भोल्क्मरले रातो कार्ड पाए । सोही फलमा  रेफ्रीले फ्रिकिक दिएका थिए जसलाई थोर्गन हाजार्डले गोलमा परिणत गर्दै पाहुना टोलीलाई ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा डर्टमुन्डले दुई गोल थप्यो । जिओ रेइनाले ५० औं मिनेटमा फ्रिकिकमा सिधै गोल गरे भने कप्तान मार्को रिउसले चोटबाट पुनरागमन गर्ने क्रममा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै गोल गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय