scheduleबिहिवार आश्विन १५ गते, २०७७

आईपीएल खेल्न यूएई पुगे सन्दीप

काठमाडौं, ३० साउन ।  सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग आईपीएल २०२० खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने यूएई पुगेका छन् ।  दिल्ली क्यापिटल्समा आवद्ध उनले पछिल्लो दुई सिजन दिल्लीका लागि खेलेका थिए ।

ट्रिनिडाड एण्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग सीपीएल खेलेर उतैबाट सन्दीप सोमबार यूएई पुगेको दिल्ली फ्रेन्चाइजले जनाएको छ ।

सन्दीपले टिमको प्रशिक्षणमा सहभागी हुनका लागि  कोरोना परीक्षण गराउनुपर्नेछ । दुई पटक कोरोना नेगेटिभ आएपछि मात्र उनले टिमको प्रशिक्षणमा सहभागी जनाउनेछन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय