scheduleमगलवार आश्विन १३ गते, २०७७

नयाँ दिल्लीमा चिनियाँ जासुसको साइबर जालोः कति जायज ? कति नाजायज ?

निखिल पाहवा

यो समाचार द इन्डियन एक्सप्रेस, द गार्जियन, एपीबी, एक अष्ट्रेलियाली पत्रिकालगायत विभिन्न पत्रपत्रिकाले लेखेका छन् कि एक चिनियाँ कम्पनी जिन्वामार्फत् भारतका राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, मुख्य पत्रकार, नागरिक समाजका अगुवालगायत कम्तिमा १० हजार व्यक्तिहरुको डाटा संकलन गरिएको छ ।

चिनियाँहरु अहिले त्यसको विश्लेषण गर्दैछन् । यो कम्पनीसँग जुन डाटावेस थियो, त्यसले यी प्रकाशन गृहहरुलाई आफैं त्यो उपलब्ध गराएको छ । यस्तो डाटा अरु देशबाट पनि संकलन गरिएको छ । जस्तो कि न्यूजील्याण्डबाट करिब ५००० व्यक्तिको डाटा संकलन गरिएको बुझिएको छ ।

यो कम्पनीले चिनियाँ सेनाको इन्टेलिजेन्ससँग मिलेर काम गर्दछ । अझ भन्दा सैन्य खुफियाका लागि काम गर्दछ । यो घटना अहिले सार्वजनिक भएको छ । काफी बहस, बबाल भइरहेको छ ।

निखिल पाहवा

मेरो विचारमा कसैको बारेमा जानकारी राख्नु कुनै गलत काम हैन । हरेक देशले अर्को महत्वपूर्ण देशका महत्वपूर्ण व्यक्तिहरुबारे जानकारी राख्न चाहन्छ । जानकारी राख्नुपर्ने हुन्छ । भारतबारे चीनसँग मात्र हैन, चीनका महत्वपूर्ण व्यक्तिहरुबारे भारतसँग पनि जानकारी वा सूचना अवश्य होला । पहिलेपहिले यस्ता व्यक्तिबारे फाइल बनाउने प्रचलन थियो । अब डिजिटल एप्स बनाइन्छ ।

यी दुईमा फरक के छ भने डिजिटल एप्समा फाइलमा भन्दा धेरै सूचना, जानकारी राख्न सकिन्छ । अचेल धेरै व्यक्तिहरु सामाजिक मिडियामा धेरै बोलिरहेका हुन्छन् ।

यो जसको बारेमा पनि गर्न सकिन्छ । जस्तो कि सन् २००७ देखि म ट्वीटरमा छु । मैले गरेका सबै ट्वीटहरुलाई एक ठाउँमा ल्याउने हो भने त्यसको एउटा प्रोफाइल बन्दछ । यसो गर्दा म कस्तो मान्छे हो, मलाई कस्ता कुरा मन पर्दछन्, कस्ता कुरा मन पर्दैनन्, धेरै हदसम्म थाहा पाउन सकिन्छ ।

फरक के छ भने कतिपय मान्छे सामाजिक मिडियामा आफ्ना मनका कुरा राख्दछन् । कतिपयले नापीतौली राख्दछन्, मनका सबै कुरा लेख्दैनन् । हामी जस्तो सर्वसाधारण धेरै गम्भीर हुँदैनौं, मनमा जे छ त्यही बोल्दिन्छौं । तर जो प्रधानमन्त्री छन्, राष्ट्रपति छन्, उनीहरुसँग यसरी सोसियल मिडियामा लेखिबस्ने समय पनि हुँदैन । जो लेख्छन् त्यसमा पनि गम्भीरता हुन्छ होला । सायद महत्वपूर्ण व्यक्तिबारे सामाजिक मिडियाबाट सबै कुरा बुझ्न सकिन्न ।

अर्को महत्वपूर्ण कुरा यसबाट सम्बन्ध–विश्लेषण गर्न सकिन्छ । को व्यक्ति कस्को नजिक छ, कोसँग बढी जोडिएको छ, यो काम फेसबुकबाट पनि हुन सक्दछ । लिङ्क्डइनलमा सम्बन्धको लेबल छ । १ देखि ६ को रिलेसनसीप लेबलले को कसको नजिकको र कति नजिकको हो भन्ने पत्ता लगाउन सकिन्छ ।

जस्तो कि हामी पत्रकार हौं । हामी पत्रकार भएको नाताले हामी मान्छे-मान्छेका सम्बन्धहरुबारे पनि जानकारी राख्न खोज्दछौं । यो हाम्रो काम हो । यसरी मान्छेको सम्बन्ध म्यापिङ गर्न सकिन्छ । हाम्रो देशमा यस्तो कामलाई गैरकानुनी मानिँदैन । यस्तो कामलाई गैरकानुनी दायरामा राख्न पनि गाह्रो छ ।

किनकी यस्तो वैधानिक कामका लागि पनि गर्नुपर्ने हुन्छ । जस्तो कि पत्रकारिताका लागि पनि यो चाहिन्छ । यस दृष्टिकोणबाट इन्डियन एक्सप्रेसले जुन स्टोरी बनाएको छ, त्यो अलिक अतिरञ्जनापूर्ण छ । यो कुनै नयाँ वा नराम्रो कुरा हैन । तर समस्या कहाँनेर हो भने जब कुनै निजी कम्पनी कुनै सैन्यशक्ति वा जासुसी निकायका लागि यस्तो काम गर्दछ, त्यो ठीक मानिन्न ।

मलाई लाग्छ कि भारतमा पनि यस्ता कम्पनीहरु छन् । तिनले व्यक्तिका सूचनाहरु स्क्रिप्ट गरी प्रोफाइल बनाउँछन् । यहाँनेर समस्या के हो भने त्यस्ता प्रोफाइलमाथि हाम्रो अधिकार के हो ? त्यस्ता प्रोफाइलमा हामी के कुरा होस्, के कुरा नहोस् भन्न चाहन्छौं, त्यस्ता सूचनाको उपयोगकर्ता को हो ? कसले आफ्नो प्रोफाइल प्रयोग गरोस् वा नगरोस् भन्ने चाहन्छौं, त्यो प्रष्ट हुँदैन । यहाँनेर थोरै नियन्त्रणको आवश्यकता हुन्छ ।

आज राजनीतिक दलहरुले पनि यस्तो गरिरहेका हुन्छन् । शंकर शिभमको एक किताबमा त्यो उल्लेख छ । जतिखेर उनी कुनै एक राजनीतिक दलको लागि काम गर्थे, मतदाताको उपनाम वा थर हेरेर जातीय तथ्याङ्कहरु निर्माण गर्थे ।

आज विदेशी सरकारले मात्र हैन, हाम्रै सरकारले पनि हाम्रो सूचना स्प्रिप्ट गरिरहेको हुन्छ । हाम्रो सरकारसँग त हामीबारे झन धेरै सूचना हुन्छ । हामी के खान्छौं, के खाँदैनौं त्यो पनि हाम्रो सरकारलाई थाहा छ । भारत सरकारले सन् २०१० यता नाग्रिन नामको एक प्रोफाइलिङ गरिरहेको छ । यस प्रोग्राममार्फत् निजी र सार्वजनिक सूचनालाई इन्टरलिङ्क गर्ने काम हुँदैछ ।

गृहमन्त्री अमित शाहले आगामी संसदमा यसबारे बताउने भएका छन् । यो प्रोग्रामको वैधानिक हैसियत त्यसपछि थाहा होला, अहिले त क्रेडिट कार्डबाट, बिमा सम्झौताबाट, हवाई टिकेटिङबाट आदि अनेक डाटाबेसबाट व्यक्तिबारे प्रोफाइलिङ भइरहेको छ, त्यो लिंक भयो भने के होला ? कति मानिसको व्यक्तिगत जीवनमा समस्या आउला ?

हामी अहिले यस्तो युगमा, यस्तो विश्वमा बाँचिरहेका छौं, यहाँ सबैलाई डाटा नै महत्वपूर्ण लागिरहेको छ । सबै डाटा चाहन्छन् । र, यसले हाम्रो व्यक्तिगत स्वतन्त्रता, गोपनीयता र अधिकारलाई कहाँ पुर्‍याउँछ यसै भन्न सकिन्नँ । मलाई सबैभन्दा बढी डर लागिरेहेको कुरा चाहिँ यो हो ।

(निखिल पाहवा साइबर विशेषज्ञ हुन् । यो आलेख वरिष्ठ पत्रकार आलोक जोशीसँग उनले युटुबमा गरेको कुराकानीबाट उतारिएको हो)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय