scheduleशुक्रवार आश्विन ९ गते, २०७७

खतिवडालाई पुनः मन्त्रीको सुविधा, प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

फाइल तस्बिर

काठमाडौं, ३० भदौ । सरकारले पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई पुनः मन्त्रीसरह सुविधान प्रधान गरेको छ । खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गर्दै यस्तो सुविधा प्रदान गर्ने निर्णय भएको हो ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको हो ।

अर्थमन्त्रीकै रुपमा निरन्तरता दिने प्रधानमन्त्री ओलीको योजना असफल भएपछि खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । सांसद बिना मन्त्री बन्न पाउने ६ महिने अवधि सकिएपछि उनले राजीनामा दिनुपरेको थियो ।

प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लग्नेगरी गरेको निर्णय गरेकै दिन खतिवडालाई पनि नयाँ जिम्मेवारी दिएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय