scheduleमगलवार आश्विन १३ गते, २०७७

लियोनल मेसी विश्‍वमै सर्वाधिक कमाउने खेलाडी

एजेन्सी, ३० भदौ । बार्सिलोनाका फरवार्ड एवम् अर्जेन्टिनी स्टार लियोनल मेसी विश्‍वकै सर्वाधिक कमाई गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाई गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् ।

फोर्ब्सका अनुसार मेसीको वार्षिक कमाई १२६ मिलियन अमेरिकी डलर रहेको छ । मेसीले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा ९ मिलियन बढी कमाउँछन् । मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाई गरेका छन् ।

यस्तै रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाई गरेका छन् ।

यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने फरवार्डद्वय नेयमार र किलिएन एमबाप्पे क्रमश: तेस्रो र चौथो स्थानमा छन् ।

यी हुन् सर्वाधिक कमाई गर्ने शीर्ष १० खेलाडीहरु

१. लियोनल मेसी (बार्सिलोना)– १२६ मिलियन अमेरिकी डलर

२. क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स)– ११७ मिलियन डलर

३. नेयमार (पिएसजी)– ९६ मिलियन डलर

४. किलिएन एमबाप्पे (पिएसजी)– ४२ मिलियन डलर

५. मोहम्मद सालाह (लिभरपुल)– ३७ मिलियन अमेरिकी डलर

६. पउल पोग्बा (म्यान्चेस्टर युनाइटेड)– ३४ मिलियन अमेरिकी डलर

७. एन्टोइन ग्रिजमन (बार्सिलोना)– ३३ मिलियन अमेरिकी डलर

८. गारेथ बेल (रियल मड्रीड)– २९ मिलियन अमेरिकी डलर

९. रोवर्ट लेवान्डोस्की (बार्यन म्युनिख)– २८ मिलियन अमेरिकी डलर

१०. डेविड डे हेया (म्यान्चेस्टर युनाइटेड)– २७ मिलियन अमेरिकी डलर

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय