scheduleमगलवार आश्विन १३ गते, २०७७

करेन्ट लागेर तीन बालबालिकाको ज्यान गयो

सांकेतिक तस्बिर

दाङ, ३० भदौ । दाङमा करेन्ट लागेर आज अपराह‍्न तीन बालबालिकाको  मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका – १० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उहाँका अनुसार स्थानीयवासी एक व्यक्तिको निधन भएका घरमा शुद्धशान्तिका लागि मोटर जोडेर कुलामा पानी तानिरहेका अवस्थामा सोही पानीमा पौडी खेलिरहेका उनीहरुलाई करेन्ट लागेको हो ।

अपराह्‍न १ बजेतिर भएको घटनामा मृत्यु भएका बालबालिकाकोे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय