scheduleमगलवार आश्विन १३ गते, २०७७

मकवानपुरमा मृत्यु भएका वृद्धमा कोरोना पुष्‍टि

हेटौंडा, ३० भदौ । मकवानपुरका एक वृद्धमा मृत्यु भएको एक दिनपछि कोरोना पोजेटिभ देखिएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ सिमपानीका ६८ वर्षीय वृद्ध रहेका छन् ।

मृतकको नेपाली सेनाले शव व्यावस्थापन गरेको छ । कोरोना संक्रमितको शव व्यवस्थापन एकै स्थानमा गर्ने गरी स्थान तय गरिएको र सेनाले व्यावस्थापन गरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।

ती पुरुष दम र मुटुको रोगबाट पीडित थिए भने उनी दुई दिनदेखि बिरामी रहेको बताइएको छ ।

अकस्मात् सोमबार विहान घरमै ढलेका उनको सोही दिन मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय