scheduleबिहिवार आश्विन १५ गते, २०७७

ओलम्पियन नयना शाक्यलाई कोरोना सङ्क्रमण

काठमाडौं, ३० भदौ । ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् । शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । पहिलो टक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताइन् ।

घरछेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पिसिआर परीक्षण गराएको शाक्यको भनाई छ । पहिलो पटक कोरोना नदेखिएको भएपनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको उनले जानकारी दिइन्।

तीनै जना घरमै आइसोलेसनमा बसिरहेका छन् । सावधानी अपनाउन र सुरक्षित साथ बस्न उनले सबैमा आग्रह गरेकी छन् । शाक्यले आठौं दक्षिण एशियाली खेलकुद ९साग० मा पौडीमा स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय