scheduleबिहिवार आश्विन १५ गते, २०७७

इएफएल कप: रोमाञ्‍चक सडेन डेथमा जीत दर्ता गर्दै बर्नमाउथ अघिल्लो चरणमा

काठमाडौं, ३१ भदौ । इंग्लिस फुटबल लिग कपमा एएफसी बर्नमाउथले क्रिस्टल प्यालेसमाथि सडेन डेथमा रोमाञ्‍चक जीत निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

गएराति सम्पन्‍न निकै रोमाञ्‍चक र प्रतिसपर्धात्मक खेलको निर्धारित ९० मिनेटमा कुनै गोल हुन नसकेपछि खेल सोझै टाइब्रेकरमा लगिएको थियो ।

टाइब्रेकरमा दुवै टोलीबाट आ-आफ्ना पाँचवटै प्रहारमा गोल भएपछि खेल सडेन डेथमा धकेलिएको थियो । सडेन डेथमा पनि लगातार पाँच प्रहारमा दुवै टोली सफल भए भने त्यसपछि भएको प्रहारमा दुवै टोलीका गोलरक्षक चुके ।

१२औं प्रहारमा बर्नमाउथका डाभिड ब्रुक्सले गोल गर्दा प्यालेसका लुका मिलिभोजेभिकको प्रहार बर्नमाउथका गोलरक्षकले एस्मिर बेगोभिकले बचाउँदै टोलीलाई जीत दिलाएका हुन् ।

बर्नमाउथका डाभिड ब्रुक्स, साम सुरिज, फिलिप बिलिङ, लोयड केल्ली, डोमिनिक सोलांके, ज्याक सिम्पसन, डान गोस्लिङ, जेफर्सन लेर्मा, नाम्दी ओफोबोर र जोर्डन जेमुराले गोल गर्दा गोलरक्षक एस्मिर बेगोभिच चुके ।

क्रिस्टल प्यालेसका लुका मिलिभोजेभिक, मिचे बात्सुयाई, एन्डोर्स टाउट सेन्ड, इविरेची इजी, जोर्डन एयु, म्यास मेयर, मामोडोउ साको, मार्टिन केल्ली, रायन इनिस र जारोस्ला ज्याकले गोल गर्दा ११औं पेनाल्टीमा गोलरक्षक वायन हेनेसी गोल गर्नबाट चुके ।

बर्नमाउथले अब तेस्रो चरण प्रवेशका लागि म्यान्चेस्टर सिटीको सामना गर्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय