scheduleमगलवार आश्विन १३ गते, २०७७

६ महिनापछि खुले पाकिस्तानका विद्यालयहरू


इस्लामावाद, ३१ भदौ । पाकिस्तानमा ६ महिनापछि विद्यालय खुलेका छन् । कोरोना महामारीका कारण ६ महिना अघि बन्द गरिएका विद्यालयहरु खोल्दै प्रधानमन्त्री इमरान खानले बालबालिकाको संरक्षण सामुहिक जिम्मेवारी रहने बताएका छन् ।

विद्यालय खोल्नका लागि कडा नियम पनि जारी गरिएको छ । सरकारले तोकेका नियमहरु विद्यालयले पालना गर्नैपर्ने हुन्छ । यसलाई उल्लंघन गर्ने विद्यालयलाई कडा कारबाही गरिने पनि उल्लेख छ ।

पहिलो चरणमा ९ र १० कक्षासम्म र क्याम्पस र विश्वविद्यालयहरु खुल्नेछन् । प्राथमिक र माध्यमक स्कूल महिनाको अन्तिमतिर खोलिनेछ । पाकिस्तानमा सबै शैक्षिक संस्था मार्च १५ बाट बन्द थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय