scheduleमगलवार आश्विन १३ गते, २०७७

मुग्लिङ-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

चितवन, ३१ भदौ । मुग्लिङ-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । बुधबार बिहान चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा पहिरो गएकाले सडक पुनः अवरुद्ध भएको हो । पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो सडकखण्डमा बेलाबेला पहिरो जाने समस्याका कारण यात्रु र चालकले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । यसै साता मात्र ३ पटकसम्म अवरुद्ध भएर खुलाइएको सडक आज पुनः अवरुद्ध भएको हो ।

यसैबीच सडकखण्डमा एकैदिन पाँच वर्ष यताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडकखण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्‍न ठाउँमा सोमबार राति साना ठूला गरी ४८ वटा पहिरो खसेका हुन् । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेको थिएन । खसेका पहिरोमध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन् ।

जुगेडीदेखि दासढुङ्गासम्म अहिलेसम्म पहिरो नखसेका ठाउँमा पनि यस पटक पहिरो खसेको छ । मनसुनमा लगातारको पानीले गलेको जमिन ठूलो पानी परेपछि लेदोसहितको पहिरो खसेको थियो । चारकिलो, घुमाउने, सत्र किलो र पाँचकिलोमा ठूलो पहिरो र अरु ठाउँमा साना साना पहिरो खसेका हुन् ।

पहिरो केही हटाएर हिजो साँझदेखि सडक सुचारु गराइएको भएपनि पहिरो खस्‍ने जोखिम अझै रहेको इञ्‍जिनियर खनालले बताएका थिए । खुलाइएको १२ घण्टामै आज विहान पहिरो खसेपछि सडक फेरि अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सवारीहरु बीच बाटोमै रोकिदाँ यात्रुहरु बाटोमै खानपिन गरेर बाटोमै रात बिताउन बाध्य हुँदै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय