scheduleमगलवार आश्विन १३ गते, २०७७

बाढीपहिरो पीडितलाई लायन्सको सहयोग

पोखरा, ३१ भदौ । लायन्स क्लब अफ पोखरा डाउन टाउनले बागलुङको ढोरपाटनका बाढीपहिरो प्रभावितलाई आर्थिक सहयोग गरेको छ । गएको भदौ १७ गते परेको अविरल वर्षाले ढोरपाटन नगरपालिका-६,७ र ८ वडामा गएको बाढी पहिरोले गर्दा प्रभावित भएकाहरुलाई एक कार्यक्रम गरी सहयोगस्वरुप रु ५६ हजार रुपियाँ हस्तान्तरण गरिएको हो ।

स्थानीय पीडितका प्रतिनिधि धम बहादुर बुढा मगर लाई क्लबका अध्यक्ष लायन रेशम बहादुर के.सि.र प्रमुख अतिथि लायन राम बहादुर बस्यालले सो रकम हस्तान्तरण गरेका हुन् ।

पोखराको इन्द्रेणी एकीकृत बिकास केन्द्रको सभाहलमा सामाजिक दुरी कायम गरि भएको कार्यक्रममा लायन भानुभक्त अधिकारी ,हरि प्रसाद पराजुली ,रहमोहन सुवेदी लगायतले देशमा जुनसुकै किसिमको प्राकृतिक प्रकोप आइपरे पनि लायन्स सदस्य हरु अग्रमोर्चामा रही सेवा गर्दै आएको र अहिले पनि सक्रिय रुपमा लागिरहेको बताए ।

त्यसैगरी बस्यालले नेपालमा यस्तै विपत्तिको बेलालाई काम लाग्‍ने गरी  छुट्टै कोष खडा गरि सहयोग गर्दै आईरहेको कुरा बताए । लायन्सले गरेको सहयोग आफुहरु लाई अमृत भएको कुरा पीडितका प्रतिनिधि बुढामगरले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय