scheduleमगलवार आश्विन १३ गते, २०७७

काँग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था स्थिर

फाइल फोटो

काठमाडौं, २९ भदाै । भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।  ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले बुधबार प्रेस विज्ञप्ति जारी गरी महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् ।

अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा  महामन्त्री कोइरालाको उपचार भइरहेको छ । उनको उपचारमा डा. कोइरालासँगै सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट डा. सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा. प्रमेशसुन्दर श्रेष्ठलगायत संलग्‍न छन् ।

निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे कोइरालालाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय