scheduleबुधवार कार्तिक ५ गते, २०७७

अस्पतालले भर्ना लिन मानेन, जिल्ला फर्किएपछि संक्रमितको मृत्यू

बुटवल, १ असोज । कोरोना संक्रमण देखिएपछि कुनै पनि अस्पतालले भर्ना लिन नमानेर जिल्ला फर्किएका एक संक्रमितको ज्यान गएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा तानसेन नगरपालिका-७ का ५२ वर्षीय पुरुष रहेका छन् ।

कलेजो रोगी समेत रहेका उनको बिहीबार बिहान पाल्पाको एक वृद्धाश्रमको आइसोलेसनमा मृत्यु भएको हो ।

एक साताअघि बिरामी भएर मिसन अस्पताल तानसेन गएका उनमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । थप उपचारको लागि बुटवल र भैरहवा पुर्‍याउँदा बुटवल र भैरहवाका कुनै पनि अस्पतालले भर्ना गर्न नमानेपछि पाल्पा फर्काइएको थियो ।

पाल्पामा उनलाई तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको बृद्धाश्रमको आइसोलेसनमा राखिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay