scheduleशनिवार मंसिर २० गते, २०७७

शङ्कास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता माग

काठमाडौँ, १ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत शङ्कास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको बताएका छन् । उनले आफ्नो परिवारको सदस्यको मृत्यु हुनाको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा भएको तर्क गरेका छन् ।

परीक्षणबाट मृतकमा सङ्क्रमण पुष्टि भए निकटस्थको परीक्षण गरेर अरुलाई बचाउने सकिने जनाउँदै पार्टीले शङ्कास्पद मृत्युको परीक्षणबाट रिपोर्ट नेगेटिभ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवारजन मुक्त हुन सक्ने स्पष्ट गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay