scheduleमगलवार कार्तिक ४ गते, २०७७

पोखरामा ४० प्रहरीसहित एकैदिन ७४ कोरोना संक्रमित थपिए

पोखरा, १ असोज । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहीबार साँझसम्म दिएको जानकारी अनुसार पोखराका ७४ सहित गण्डकीभर भने १०२ संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका-१५ मा कार्यरत ४० जना प्रहरीमा संक्रमण देखिएको छ । त्यसैगरी पोखरा-१५ कै अन्य ६ जनामा पनि संक्रमण देखिँदा वडा नं ८ र ३१ का ५-५ जना  र वडा नं १० का चारजनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै पोखरा-४, २७ र २९ का दुई-दुईजनामा पनि कोरोना संक्रमण पुष्‍टि भएको छ भने पोखरा- ९, १४, १७, १८, २०, २३ र ३३ का एक-एकजनामा पनि संक्रमण देखिएको छ ।

कास्की जिल्लाको सदरमुकाम समेत रहेको पोखरामा एकैदिन हालसम्मकै सबैभन्दा सर्वाधिक संक्रमित थपिएका हुन् । पछिल्लो समय बढ्दो कोरोना संक्रमणका कारण कास्की जिल्लामा पनि सक्रिय संक्रमितको संख्या ५०० पुग्‍न लागेको छ ।

कास्कीको पोखराका ७४ जनासहित प्रदेशभर भने बिहीबार १०२ जना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार कास्कीबाहेकका संक्रमितहरुमा नवलपरासी पूर्वका १२ जना छन् भने लमजुङ र तनहुँका ५-५  जना तथा बाग्लुङका ४ जना र गोरखाका दुईजना छन् ।

यसैबीच गण्डकी प्रदेशभर हालसम्म निको भएर घर फर्किनेको संख्या १९७५ पुग्दा ३१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । प्रदेशभर सक्रिय संक्रमितको संख्या १२७४ पुगेको छ । मुस्ताङ र म्याग्दीमा भने सक्रिय संक्रमितको संख्या शून्य रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay