scheduleमगलवार कार्तिक ४ गते, २०७७

गण्डकी प्रदेशमा शुक्रबार ५६ कोरोना संक्रमित थपिए, एकजनाको मृत्यु

पोखरा, २ असोज । गण्डकी प्रदेशमा शुक्रबार थप ५६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चितवन र पोखराका प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लाका गरी ५६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

निर्देशनालयका अनुसार नयाँ संक्रमण पुष्‍टि हुनेमा नवलपरासी पूर्वका ३४ जना छन् भने कास्कीका १७ जना, तनहुँका ४ जना र स्याङ्जाका १ जना छन् । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार ३३६ पुगेको छ । हालसम्म २०५७ जना निको भएर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या १२४७ रहेको छ । सबैभन्दा धेरै कास्कीमा ४९२ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी गण्डकीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्वको देवचुली नगरपालिका-११ का ३१ वर्षीय पुरुषको शुक्रबार विहान मृत्यु भएको थियो । जटिल खालकाे श्‍वासप्रश्‍वास र मृगौलाको समस्या भएका उनी २५ भदौमा चितवन मेडिकल कलेजमा भर्ना भएका थिए र २६ गते कोरोना पुष्टि भएको थियो ।

योसँगै गण्डकीमा मृतकको संख्या ३२ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६/६, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay