scheduleसोमवार कार्तिक ३ गते, २०७७

दाउरा संकलन गर्ने क्रममा नदीले बगाउँदा बाबुछोरी बेपत्ता

नवलपुर, २ असोज । नवलपरासी पूर्व (नवलपुर)मा नारायणी नदीले बगाउँदा बाबु-छोरी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका ४५ वर्षीय भुपाल क्षेत्री र उनका १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन् ।

नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा सो नदीले बगाउँदा बिहीबार बाबुछोरी बेपत्ता भएका हुन् ।

क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए । बेपत्ता बाबुछोरीको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay