scheduleबुधवार कार्तिक ५ गते, २०७७

बुन्डेसलिगाको पहिलो खेलमै बायर्न म्युनिखद्वारा गोलको वर्षा

काठमाडौं, ३ असोज । जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजन सुरु भएको छ । लिगअन्तर्गत गएराति सम्पन्‍न खेलमा साविक विजेता बायर्न म्युनिखले शानदार नतिजा निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बायर्नले साल्‍केलाई ८-० को विशाल अन्तरले पराजित गरेको हो ।

बायर्नको जीतमा गिनाब्रीले ह्‍याट्रिक गर्दा रोवर्ट लेवान्डोस्की, लियोन गोरेट्जका, थोमस मुलर र लेरोए सानेले एक-एक गोल गरे । पहिलो हाफमा ३ गोल गरेको बायर्नले दोस्रो हाफमा ५ गोल थपेको थियो ।

बायर्नले खेलको चौथो मिनेटमा नै गिनाब्रीको गोलमार्फत अग्रता लिएको थियो । १९औं मिनेटमा गोरेट्जकाले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । त्यसपछि ३१औं मिनेटमा बायर्नले पेनाल्टी गोलमार्फत खेलमा ३–० को अग्रता लिन सफल भयो । पेनाल्टी बक्समा साल्केका ओजन कावकले लेवान्डोस्कीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा उनी आफैंले गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै गिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४ ० ले अघि बढाए भने तिनै गिनाब्रीले ५९औं मिनेटमा ह्‍याट्रिक पूरा गरे जुनबेला बायर्नको ५ गोलको अग्रता बनिसकेको थियो ।

६९औं मिनेटमा लेवान्डोस्कीको पासमा थोमस मुलरले गोल गरेपछि बायर्न खेलमा ६–० ले अघि बढ्यो । यसै सिजन म्यान्चेस्टर सिटीबाट बायर्नमा आबद्ध भएका लेरोए सानेले ७१औं मिनेटमा गोल गरे । ८१औं मिनेटमा लेवान्डोस्कीको पासमा सब्सिच्युट खेलाडी जमल मुसिएलाले गोल गरेपछि बायर्नको ८–० को फराकिलो जीत तय भएको थियो ।

जीतसँगै बायर्न म्युनिखले ३ अंक जोडेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay