scheduleबुधवार कार्तिक ५ गते, २०७७

मिडफिल्डर थियागो लिभरपुलमा आबद्ध, जोटा पनि आउँदै

एजेन्सी, ३ असोज । स्पेनिस मिडफिल्डर थियागो अल्सान्टारा इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका छन् । जर्मन क्लब बायर्न म्युनिखबाट इंग्ल्यान्ड भित्र्याउने क्रममा लिभरपुलले २० मिलियन पाउन्डमा ४ वर्षका लागि सम्झौता गरेको हो ।

थप बोनससहित उनको रकम २५ मिलियन पाउन्ड पुग्‍न सक्ने छ । लिभरपुलले गत जुलाई देखि नै थियागोलाई अनुबन्ध गर्ने योजना बनाएको थियो । २९ वर्षीय थियागोले बायर्नसँगको सम्झौता नविकरण नगर्ने निर्णय पनि लिइसकेका थिए ।

लिभरपुलमा थियागोले आफ्नो रोजाईको ६ नम्बरको जर्सी नै लगाउने पक्का भएको क्लबले जनाएको छ । बार्सिलोनाबाट व्यवसायिक खेल करियर शुरु गरेका थियागोले बायर्न म्युनिखबाट ७ बुन्डेसलिगा, चार डिएफवी पोकल, तीन सुपर कप र समान एकपटक फिफा क्लब वल्डकप र युइएफए च्याम्पियन्स लिग जितेका छन् ।

यसैबीच इंग्लिस क्लब वुलभ्सबाट खेल्दै आएका पोर्चुगिस विंगर डियोगो जोटा पनि लिभरपुलमा आउने लगभग पक्का भएको अन्तर्राष्‍ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । स्रोतका अनुसार लिभरपुलले जोटा अनुबन्धका लागि आएको ४५ मिलियन युरोको प्रस्ताव स्वीकार गरेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay