scheduleबुधवार कार्तिक ५ गते, २०७७

शनिबार १२०४ कोरोना संक्रमित थपिँदा १४४७ जना डिस्चार्ज

काठमाडौं, ३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४४७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७ पुगेको छ ।

शनिबारसम्म ७ हजार ७३५ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १७ हजार १२९ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ३३३ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख ४ हजार ७०६ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४०१ पुगेको मन्त्रालयले जनाएको छ ।

यो पनि:

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay