scheduleबिहिवार कार्तिक १३ गते, २०७७

प्रिमियर लिग: एभर्टनले वेस्ट ब्रोमलाई हरायो, केल्भर्ट लेविनले गरे ह्‍याट्रिक

काठमाडौं, ३ असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्‍न खेलमा एभर्टनले जीत हात पारेको छ । सिजनको लगातार दोस्रो जीत निकाल्ने क्रममा एभर्टनले १० खेलाडीमा सीमित वेस्ट ब्रोमविचलाई ५-२ ले हरायो ।

एभर्टनको जीतमा फरवार्ड डोमिनिक केल्भर्ट लेविनले ह्‍याट्रिक गरे भने जेम्स रोड्रिग्वेज र माइकल किनले एक-एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने वेस्ट ब्रोमले लिएको थियो । चौथो मिनेटमै ग्रेडी डियान्गनाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो । तर ३२औं मिनेटमा केल्भर्ट लेविनले गोल गर्दै खेल बराबरीमा ल्याए भने पहिलव हाफ सकिनुअघि इन्ज्युरी समयमा जेम्स रोड्रिग्वेजले गोल गरेपछि एभर्टनले खेलमा अग्रता लिएको थियो ।

त्यसको एक मिनेटमै वेस्ट ब्रोमका काइरान गिब्सले रोड्रिग्वेजलाई हातले प्रहार गरेपछि रातो कार्ड खाँदै बाहिरीए । हाफ सकिएपछि रेफ्रीसँग गरेको व्यवहारका कारण वेस्ट ब्रोमका प्रशिक्षक स्लाभेन बिलीचले पनि रातो कार्ड खाए ।

१० खेलाडीमा सीमित वेस्ट ब्रोमले दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेल पुनः बराबरीमा ल्यायो । म्याथिस परेराले ४७ औं मिनेटमा झन्डै ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो । तर त्यसको ७ मिनेटपछि नै एभर्टनका माइकल किनले गोल गरेपछि पुनः एभर्टनले अग्रता लियो । त्यसपछि ६६औं र ७०औं मिनेटमा गोल गर्दै केल्भर्ट लेविनले व्यक्तिगत ह्‍याट्रिक पुरा गरे भने टिमलाई ५-२ ले अघि बढाए ।

जीतसँगै एभर्टनले २ खेलबाट ६ अंक बनाएको छ भने लगातार दुई खेलमा पराजित वेस्ट ब्रोमले खाता खोल्न सकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay