scheduleसोमवार कार्तिक १० गते, २०७७

यस्ता छन् धनप्राप्ति हुने केही शुभ संकेत

विशेषगरी हिन्दू धर्ममा शुभ–अशुभलाई विभिन्न संकेतसँग जोडेर हेरिने गरिन्छ । संकेतको अाधारमा भविष्यमा हुने घटनाको अनुमान लगाउने  प्रचलन छ । यिनै संकेतमध्ये केही धनलाभसँग जोडिएका छन् । निम्न ९ संकेतले धनप्राप्ति हुने विश्वास धेरै मानिसले गर्छन्ः

१. दायाँ हात लगातार चिलायो भने सम्पत्ति वा धन प्राप्त हुने विश्सास गरिन्छ ।

२. लेनदेनको क्रममा पैसा हातबाट खस्यो भने यसलाई धनलाभ हुने शुभ संकेतको रुपमा लिने गरिन्छ ।

३. धन वा सम्पत्तिसम्बन्धी कुनै कार्य गर्न जाँदा पहेँलो रंगको कपडा लगाएकी सुन्दर महिला देख्ने हो भने लक्ष्मी लाभ हुने मान्यता रहिआएको छ ।
४. बिहीबार पहेँलो कपडा लगाएकी कन्या देख्ने हो भने यसलाई पनि सम्पत्ति प्राप्ति हुने शुभ संकेत मानिन्छ ।

५. यात्रामा हिड्दा न्याउरी मुसाले बाटो काट्यो भने धनलाभ हुने भनेर विश्सास गर्ने मानिस धेरै पाइन्छ ।

६. शुक्रबार पँहेलो रंगको गाई देखेमा अचानक धन वा सम्पत्ति प्राप्त हुने मान्यता रहेको पाइन्छ ।

७. सपनामा मोती, मुगा, हार वा मुकुट देखेमा घरमा लक्ष्मीको आगमन हुने गर्छ भन्ने चलन पाइन्छ ।

८. सपनामा सेतो सर्पले दाहिने हातमा टोकेको देखेमा यसलाई पनि धन प्राप्तिको संकेत मानिन्छ ।

९. त्यस्तै सपनामा पाकेको सुन्तला वा गँहु देखेमा मनग्य मात्रामा धन प्राप्ति हुने गर्छ भन्ने आम विश्वास रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay