scheduleसोमवार कार्तिक १० गते, २०७७

महिनावारी सम्बन्धी विश्वभर यस्ता छन् अनौठा परम्परा

एजेन्सी । नेपालमा महिनावारीका समयमा महिलाहरुमाथि विभिन्न काम गर्न निषेध गरिएको हुन्छ । हिन्दु परम्पराअनुसार नेपालमा पनि त्यस्ता थुप्रै अन्धविश्वास अझै जीवित छन् । जस्तै मन्दिरभित्र जानमा रोक लगाइन्छ, पुरुषलाई छुनु हुँदैन, भान्छा भित्र पस्नु हुँदैन, अरुले खाने खाना छुनु हुँदैन । यस्ता अरु पनि थुप्रै काम गर्नबाट महिलालाई रोकिन्छ किनकी उनीहरुलाई त्यस समय अशुद्ध मानिन्छ । नेपालमा मात्र नभएर विश्वभर यस्ता प्रथाहरु छन् जसलाई अझै पनि मानिसहरु मान्ने गर्छन् ।

बंगलादेश
बंगलादेश र वेस्ट बंगालका कतिपय स्थानहरुमा बस्ने बाल्स समाजमा महिनावारी सम्बन्धी अचम्मको प्रथा छ । त्यहाँका महिलाहरुले पहिलो पटक महिनावारी हुँदा उनीहरुलाई महिनावारी हुँदाको रगतमा गाईको दूध अनि कपूर र नरिवलको दूध मिसाएर पिउन लगाइन्छ । त्यसलाई पिउँदा ताकत बढ्छ भन्ने विश्वास गर्दै उनीहरु यो परम्परा मान्ने गर्छन् ।

भारत
भारतका केही राज्यमा महिनावारी भएका महिलाहरुले एउटा फलामको वस्तु साथ राख्ने गर्छन् । भूतप्रेतलाई कब्जा गर्न नदिनका लागि उनीहरुले त्यस्तो गर्ने गर्छन् ।

इन्डोनेशिया
इन्डोनेशियाको बालीमा महिनावारीका बेलामा महिलालाई खाना बनाउने ठाउँमा जान निषेधित गरिन्छ । पकाउन र अरुको खाना छुन पनि उनीहरुलाई निषेध गरिएको छ । उनीहरुले खाना छुँदा खाना खराब र अशुद्ध हुने अन्धविश्वासका कारण यो परम्परा मानिन्छ । यस समय महिलाहरुलाई मन्दिर जानमा पनि रोक लगाइएको हुन्छ । बालीको कट्टर ज्युडिस समाजमा महिनावारी पछि महिलाहरुले पवित्र हुनका लागि नदिमा स्नान गर्नुपर्ने चलन छ । यस पवित्र स्नानलाई मिक्वेह भनिन्छ ।

कर्णाटक
कर्णाटकमा पहिलो पटक महिनावारी हुँदा महिलालाई दुलही जसरी सजाइन्छ । उसको आरती उतारेर अरु मानिसहरुलाई भोज खुवाइन्छ । भारतको आन्ध्र प्रदेश र केरेलामा समेत यो चलन विद्यमान छ ।

दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाको जूलूस नामक स्थानमा महिलाको महिनावारी सुरु हुनुअघि बाख्राको बली चढाइन्छ । त्यसपछि उसलाई उसका साथीहरुबाट अलग गराइन्छ र स्नान गराएर माटोले ढाकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay