scheduleबिहिवार कार्तिक १३ गते, २०७७

म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा सुखद सुरुवात गर्न सकेन, प्यालेससँग घरमै स्तब्ध

काठमाडौं, ४ असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति सम्पन्‍न खेलमा क्रिस्टल प्यालेसले जीत निकालेको छ । सिजनको लगातार दोस्रो जीत निकाल्ने क्रममा उसले म्यान्चेस्टर युनाइटेडलाई उसैको मैदानमा ३-१ ले हरायो ।

प्यालेसको जीतमा विलफ्रेड जाहाले २ गोल गरे भने एन्ड्रेस टाउनसेन्डले एक गोल गरे । युनाइटेडका डोनी भान डे बिकले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा नै टाउनसेन्डले गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए । त्यसपछिका सबै गोल दोस्रो हाफमा भएका थिए । ७४औं मिनेटमा पेनाल्टीमार्फत जाहाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

यसै सिजन युनाइटेडमा आबद्ध भएका भान डे बिकले ८०औं मिनेटमा गोल फर्काए भने ८५औं पुनः जाहाले गोल थप्दै क्रिस्टल प्यालेसलाई ३ १ को जित दिलाए ।

जीतसँगै २ खेलबाट ६ अंक बनाएको क्रिस्टल प्यालेस अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । युनाइटेडको भने यो पहिलो खेल थियो ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay