scheduleबिहिवार कार्तिक १३ गते, २०७७

प्रिमियर लिग: प्रतिष्पर्धात्मक खेलमा आर्सनल र लिड्स युनाइटेडको जीत

काठमाडौं, ४ असोज । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति समपन्‍न खेलहरुमा आर्सनल र लिड्स युनाइटेड विजयी भएका छन् । घरेलु मैदानमै भएको खेलमा दुवै टोलीलाई ३ अंक बटुल्न भने केही संघर्ष गर्नुपरेको थियो ।

प्रतिष्पर्धात्मक खेलमा आर्सनलले वेस्ट ह्‍यामलाई २-१ ले हरायो । २५औं मिनेटमा एलेक्जन्डर लाकाजेट्टले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ४५औं मिनेटमा वेस्ट ह्‍यामका मिकेल एन्टोनियोले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको ८५औं मिनेटमा ड्यानियल सेवालोसको पासमा इडवार्ड एनकेटियाले खाली पोस्टमा गोल गर्दै आर्सनलाई २–१ को अग्रता दिलाए ।

जीतसँगै २ खेलबाट ६ अंक बनाएको आर्सनल अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

लिड्सले फुलहामलाई हरायो 

यस्तै शनिबार राति नै सम्पन्‍न अर्को खेलमा नवप्रवेशी क्लब लिड्स युनाइटेडले फुलहामलाई ४-३ ले हरायो । पाँचौ मिनेटमा हेल्डर कोस्टाको गोलमार्फत लिड्सले अग्रता लिएको थियो । अलेक्सेन्डर मिट्रोभिचले ३४औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गर्दै फुलहामलाई खेलमा फर्काए । त्यसको ७ मिनेटपछि लिड्सले पनि पेनाल्टी पाएको थियो जसमा माटिउस क्लिचले गोल गरेपछि पहिलो हाफ २-१ मा सकिएको थियो ।

दोस्रो हाफको ५०औं मिनेटमा प्याट्रिक बामफोर्डले गोल गरेपछि लिड्सको अग्रता फराकिलो बन्यो भने त्यसलाई अझै फराकिलो बनाउने क्रममा हेल्डर कोस्टाले पुनः अर्को गोल गरे । ६२औं मिनेटमा फुलहामका बबी रेडले गोल गरेपछि फुलहाम खेलमा फर्कने संकेत दिएको थियो । त्यसको ५ मिनेटमै मिट्रोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४-३ को अवस्थामा पुर्‍याए ।

यसपछि भने थप गोल हुन नसक्दा प्रतिष्पर्धात्मक खेलमा लिड्सले ४ ३ को जीत हात पार्दै ३ अंक बटुल्न सफल भयो ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay