scheduleसोमवार कार्तिक ३ गते, २०७७

टिमको जितसँगै धोनीको नाममा तीन रेकर्ड कायम


नयाँ दिल्ली, ४ असोज । मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सको बीच रोमाञ्चक प्रतिस्पर्धासँगै आईपिएलको १३औं सिजन सुरुवात भएको छ । अबुधावीको शेख जायेद रंगशालामा दर्शकबिना खेलिएको खेलमा पहिलो खेल धोनीको कप्तानीमा चेन्नईले आफ्नो नाममा गर्‍यो ।

धोनीले हालसालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान धोनी ४३५ दिनपछि क्रिकेट मैदानमा उत्रिएका हुन् । लामो समयदेखि क्रिकेटबाट टाढा रहे पनि ३९ वर्षीय धोनीमा कुनै परिवर्तन देखिएन । उनले आफ्नो सफल नेतृत्वमा खेल मात्र जितेनन्, तीनवटा महत्वपूर्ण रेकर्ड पनि बनाए ।

धोनीले आईपिएल इतिहासमा आफ्नो १०० क्याच पूरा गरे । यसक्रममा उनले विकेटकिपरको रुपमा ९६ र फिल्डरको रुपमा चार क्याच लिएका छन् ।

धोनीले कप्तानको रुपमा अर्को शानदार रेकर्ड आफ्नो नाम गरेका छन् । उनले चेन्नई सुपर किंग्सको कप्तानको रुपमा १००औं जित दर्ता गरेका छन् । यसका साथै आईपीएलमा कुनै कप्तानको रुपमा १०० जित हासिल गर्ने उनी पहिलो कप्तान बनेका छन् ।

यसका साथै धोनीले टी-२० क्रिकेटमा विकेटकिपरको रुपमा २५० खेलाडीलाई आउट गर्ने रेकर्ड पनि आफ्नो नाम गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay