scheduleमगलवार कार्तिक ४ गते, २०७७

बाँकेमा ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यू

बाँके, ४ असोज । कोरोना संक्रमणबाट बाँकेमा एक ५९ वर्षीय युवकको मृत्यू भएको छ । नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनीका ती पुरुषको शनिबार राति मृत्यू भएको हो ।

उनको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

उनको स्वास्थ्य अवस्था असामान्य देखिएपछि भदौ २० गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले उनलाई हाइड्रोअक्सिजन, सिपीएपी, प्लाज्मा थेरापी विधिबाट उपचार गरेको थियो ।

दुवै फोक्सोमा निमोनिया भई एआरडिएस देखिएपछि बचाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १० पुगेको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay