scheduleआइतवार कार्तिक ९ गते, २०७७

त्रिशुलीमा ट्यांकर खस्यो, केहीबेर पानीमै आगो बल्यो

धादिङ, ४ असोज । पृथ्वीराजमार्गको धादिङ आदमघाट खण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनाग्रस्त बनेको छ । गुडिरहेको ट्यांकर त्रिशुलीमा खस्दा केहीबेर पानीमै आगो बलेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

आइतबार बिहान तीन बजे आसपास नदीमा खसेको अनुमान गरिएको छ । आइतबार बिहानसम्म पनि पानीमा आगो बलेपछि स्थानीय दुर्घटना स्थल नजिक पुगेका थिए ।

गजुरी ट्राफिक प्रहरी प्रमुख नेत्र भट्टका अनुसार घटना तीन बजेतिर भएको र त्यही बेलादेखि नदीको बीच भागमा भएको ट्यांकरमा आगो बलिरहेको जानकारी दिए ।

‘यो ट्यांकर हो भन्ने चाहिँ पक्का भए पनि यसले हवाई इन्धन, डिजेल, पेट्रोल के ल्याएको थियो र कति नम्बरको सवारी हो भन्ने खुलेको छैन,’ उनले भने ।

ट्यांकरका चालक सम्पर्कमा नआएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तस्बिर सौजन्यः पोषनाथ अधिकारी

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay