scheduleबुधवार कार्तिक ५ गते, २०७७

पेरिसडाँडामा नेकपाको पहिलो सचिवालय बैठक, ओली जालान् ?

काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको यसअघि स्थगित सचिवालय बैठक आइतबार बस्दैछ । सचिवालय बैठक संविधान दिवसलाई कारण बनाएर शुक्रबार स्थगित भएको थियो ।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले व्यस्तताको कारण बैठकमा उपस्थित हुन नसक्ने बताएपछि अर्का अध्यक्ष प्रचण्डले बैठक नै रोकेका थिए । उक्त सचिवालय बैठक आज बिहान ११ बजे तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो ।

यसअघि पार्टीका प्रायः सबै बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्दै आएकोमा तीव्र आलोचना हुँदै आएको थियो । प्रचण्डले यही आलोचनाबाट बच्न भन्दै अर्का अध्यक्ष ओलीलाई बालुवाटार बाहिर पार्टी गतिविधि सञ्चालन गर्न सचिवालय बैठक बाहिर बोलाउन सहमत गराएका हुन् ।

शुक्रबारको बैठक आफू बिना सञ्चालन गर्न ओलीले सन्देश पठाए पनि गलत सन्देश जाने सम्भावनालाई मध्यनजर गर्दै प्रचण्डले आफैं रोकेको नेकपाका एक नेताले जानकारी दिए ।

एकातिर बैठक बालुवाटारबाट बाहिर सार्न खोजिएको र अर्कोतिर पूर्वमाओवादीको कार्यालयमा राखिएकोले आजको बैठकमा पनि ओलीको सहभागितालाई लिएर आशंका व्यक्त गरिएको छ ।

यसअघि युवा संगठनले आयोजना गरेको एक कार्यक्रममा ओली पेरिसडाँडा गएका थिएनन् । भदौ २६ गते सम्पन्न स्थायी कमिटीे बैठकले सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमससी), अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा निर्णय गरेको थियो ।

आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन एवम् विभिन्न प्रदेशमा मुख्यमन्त्री फेरबदलबारे समेत छलफल हुने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay