scheduleबिहिवारमाघ ८ गते, २०७७

सेल्फ आइसोलेसनमा नबस्नेलाई १५ लाखभन्दा बढी जरिवाना !

लण्डन, ४ असोज । पछिल्लो समय पुनः कोरोना संक्रमणको लहर देखिन थालेपछि बेलायती सरकार अहिले अप्ठेरोमा छ । रोगका कारण पुनः लकडाउन गर्नपर्ने अवस्था छ तर सम्भावित लकडाउनको विरोधमा सडकमा प्रदर्शन पनि भइरहेका छन् ।

यस्तो अवस्थामा बेलायती सरकारले सेल्फ आइसोलेशनको आदेशलाई तोड्ने आफ्ना नागरिकलाई १० हजार पाउन्ड जरिवाना तोक्ने कडा निर्णय गरेको छ ।

सेप्टेम्बर २८ तारिख यता कोरोनाभाइरसद्वारा संक्रमित व्यक्तिहरु र संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु सेल्फ आइसोलेशनमा बस्नुपर्ने नियमलाई कडाईपूर्वक लागू गर्न यस्तो निर्णय गरिएको हो ।

नयाँ सुरक्षाको सावधानीमा कम आय स्रोत भएकालाई एकपटकका लागि ५ सय पाउन्डको आर्थिक सहयोग दिने बीबीसीले खबर लेखेको छ ।

शनिबार बेलायतमा कोभिड–१९ का ४ हजार ४ सय २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो भने २७ जनाको एकैदिन मृत्यू भएको थियो ।

नयाँ कानूनमा सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्ने उल्लेख छ । पटक पटक यो नियम उल्लंघन गर्नेका लागि यो जरिवानमा १० हजार पाउन्डसम्म पुग्ने उल्लेख गरिएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay