scheduleबुधवार कार्तिक ५ गते, २०७७

मध्यरातमा अस्पताल लगिएका डा केसीले भने- ‘म कुनै पनि उपचार, मोनिटरिङ लिनेवाला छैन’

सुर्खेत, ४ असोज । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई प्रहरीले अस्पताल लगेको छ । शनिबर राति करिव ११ बजेतिर प्रहरीले डा. केसीलाई जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिर परिसरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको हो ।

१९औं सत्याग्रहमा रहेका डा. केसीलाई चिकित्सकहरुको निगरानीमा राख्नुपर्ने सुझावपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।

आफूलाई अपहरणको शैलीमा अस्पताल लगिएको भन्दै डा. केसीले कुनै पनि उपचार नलिने बताएका छन् । उनले भनेका छन्, ‘माग पूरा गर्नुको साटो मलाई अपहरण गरेर ल्याउने ? म कुनै पनि उपचार, मोनिटरिङ लिनेवाला छैन ।’

डा. केसीको स्वास्थ्य सम्बन्धी निगरानी गर्न डा अनुप मंगल सुमाल, डा प्रबिनकुमार गिरी, डा धिरज गुरुङ र नर्स सविना थापालगायत खटिएका छन्।

स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै केसी जुम्लाको सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा २९ भदौदेखि अनशनरत छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay