scheduleबुधवार कार्तिक ५ गते, २०७७

नेकपा सचिवालय बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको बैठकमा नेताहरुले यसबारे आ-आफ्नो धारणा राखेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको छ, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरु सँग भने ।

मन्त्रिपरिषदमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको उनले बताए । यस्तै, संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुनेगरी बैठकमा छलफल भएको बताइएको छ ।

पूर्णकालीन कार्यकर्तालाई कुनै न कुनै रुपमा सहयोग गर्ने पार्टीको नीतिअनुसार कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरी निर्णय हुनेछ ।

बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्ने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay