scheduleबुधवार कार्तिक ५ गते, २०७७

आइतबार थपिए १३२५ कोरोना संक्रमित, कुल संक्रमितको संख्या ६४ हजार नाघ्यो

काठमाडौं, ४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९६६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।

आइतबारसम्म ७ हजार ४५१ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १७ हजार ४७८ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ५८४ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख १४ हजार २९० नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १० जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४११ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay