scheduleसोमवार कार्तिक ३ गते, २०७७

टोटनह्‍यामको फराकिलो जीतमा ह्‍युङमिन सनको ४ गोल

काठमाडौं, ४ असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार बेलुका सम्पन्‍न खेलमा टोटनह्‍याम हटस्पर विजयी भएको छ । सिजनको पहिलो जित निकाल्ने क्रममा टोटनह्‍यामले साउथह्‍याम्पटनलाई उसैको मैदानमा ५-२ ले हरायो ।

स्पर्सको जीतमा कोरियाली स्टार खेलाडी ह्‍युङ मिन सन एक्लैले ४ गोल गरे भने ह्‍यारी केनले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने साउथह्‍याम्पटनले लिएको थियो ।

३२औं मिनेटमा प्राप्त पेनाल्टीमा ड्‍यानी इंग्सले गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो । तर इन्ज्युरी समयको दोस्रो मिनेटमा सनले बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुवाती दुई मिनेटभित्र पुनः सनले गोल गरेपछि स्पर्सले खेलमा अग्रता लिएको थियो । ६४औं मिनेटमा अर्को गोल थप्दै ह‍्याट्रिक पूरा गरेका सनले ७३औं मिनेटमा अर्को गोल गरेपछि स्पर्सले खेलमा ४-१ को अग्रता कायम गर्दै जीततर्फ उन्मुख भएको थियो ।

८२औं मिनेटमा ह्‍यारी केनले स्पर्सका लागि अर्को गोल गरे । साउथह्याम्पटनका ड्यानी इंग्सले पुनः ९० मिनेटमा अर्को पेनाल्टी गोल गर्दै सान्त्वना गोल फर्काए ।

जीतसँगै २ खेलबाट ३ अंक जोडेको टोटनह्‍याम अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । आइतबार बेलुका नै भइरहेको अर्को खेलमा न्युकासल र ब्राइटन खेलिरहेका छन् ।

अन्तिम अपडेट: आइतबार बेलुका ७ बजे

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay