पञ्जावविरुद्धको खेलमा सन्दीपले मौका पाएनन्
काठमाडौ, ४ असोज । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट खेल्न यूएई पुगेका नेपाली युवा स्पिनर सन्दीप लामिछाने पहिलो खेलमा प्लेइङ एघारमा पर्न असफल भएका छन् ।
शनिबारदेखि सुरु भएको आइपिएलअन्तर्गत आज हुन लागेको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले सन्दीपलाई बेन्चमा नै राखेको हो । सन्दीपसँगै पञ्जावका विस्फोटक ब्याट्सम्यान क्रिस गेल पनि बेन्चमा रहेका छन् ।
पौने ८ बजे सुरु हुने खेलमा पञ्जावले टस जितेर बलिङ रोजेको छ । दिल्ली क्यापिटल्सबाट चार विदेशी खेलाडीका रुपमा शिम्रोन हेटमायर, मार्कस स्टोइनिस, कगिसो रबाडा र एनरिच नोर्त्जे प्लेइङ एघारमा परेका छन् ।