scheduleबिहिवार कार्तिक १३ गते, २०७७

लिग वानमा पिएसजीको लगातार दोस्रो जीत

काठमाडौं, ४ असोज । फ्रेन्च लिग वान फुटबलअन्तर्गत आइतबार बेलुका सम्पन्‍न खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जीत निकालेको छ । सुरुवाती दुई खेलमा पराजित भएर तेस्रो खेलमा जीत निकाल्दै लय समातेको पिएसजीले आइतबार निसलाई उसकै मैदानमा ३–० ले हरायो ।

पिएसजीको जितमा किलियन एमबाप्पे एन्जेल डि मारिया र कप्तान मार्किन्हसले एकएक गोल गरे ।

३८औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा डि मारियाले गोल गरेपछि पिएसजीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

६६औं मिनेटमा कप्तान मार्किन्हसले गोल गरेपछि पिएसजीको ३–० को जीत सुनिश्‍चित भएको थियो । एन्जल डि मारियाको फ्रिकिकमा मार्किन्हसले हेडमार्फत गोल गरेका थिए ।

जीतसँगै पिएसजीले ४ खेलबाट ६ अंक जोडेको छ । पराजित भएको निसको पनि ४ खेलबाट ६ अंक नै छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay