scheduleबुधवार कार्तिक ५ गते, २०७७

प्रिमियर लिग: लिभरपुलले चेल्सीलाई हरायो, लेस्टर सिटीको पनि लगातार दोस्रो जीत

काठमाडौं, ५ असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति सम्पन्‍न खेलमा लिभरपुल र लेस्टर सिटी आ-आफ्ना खेलमा विजयी भएका छन् ।

लिभरपुलले १० खेलाडीमा सीमित चेल्सीलाई उसैको मैदानमा २-० ले हरायो । दुवै गोल साडियो मानेले गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । चेल्सीका आन्द्रेस क्रिस्टिनसनले पहिलो हाफको अन्त्यतिर रातो कार्ड खाएपछि घरेलु टोली १० खेलाडीमा सीमित बनेको थियो ।

खेलका दुवै गोल दोस्रो हाफमा भएका थिए । मानेले ५०औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसको तीन मिनेटभित्रै मानेले पुनः अर्को गोल थपेपछि लिभरपुल २-० ले अघि बढ्यो । यसपछि थप गोल भएनन् र चेल्सी खेलमा फर्कन नसक्दा पराजय व्यहोर्न बाध्य भयो ।

जीतसँगै २ खेलबाट ६ अंक जोडेको लिभरपुल अंकतालिकाको चौथो स्थानमा रहेको छ ।

लेस्टरले बर्नलीलाई हरायो

यस्तै अर्को खेलमा लेस्टर सिटीले बर्नलीलाई ४ २ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा लेस्टरको जीतमा हार्भे बार्नेस, जेम्स जस्टिन र डेनिस प्राटले एक-एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।

खेलमा अग्रता बने १०औं मिनेटमा क्रिस वूडको गोलमार्फत बर्नलीले लिएको थियो । ७३औं मिनेटमा जिम्मी डुनले अर्को गोल गरे ।

लगातार दोस्रो जीतसँगै २ खेलबाट ६ अंक बनाएको लेस्टर अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay