scheduleमगलवार कार्तिक ४ गते, २०७७

५८ वर्षीय कैदीको कोरोना संक्रमणबाट मृत्यु

नेपालगन्ज, ५ असोज । बाँकेमा अर्का कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतका एक कैदी रहेका छन् ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । तीमध्ये चार जना बाहिर जिल्लाका छन् ।

सुर्खेत, सहारेका ५८ वर्षीय ती व्यक्तिको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

उनी दमको बिरामी रहेको उनलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो । उनी कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका कैदी हुन् ।

स्वास्थ्यमा समस्या देखिएकोपछि उनको भदौ २१ गते स्वाब लिइएको र त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । २२ गते अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay