scheduleआइतवार कार्तिक ९ गते, २०७७

जहाँ स्थानीय तहले विद्यालय खुलाउँदैछन् …

सिन्धुपाल्चोक, ५ असोज । लामो समयदेखि बन्द रहेका सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका भित्रका विद्यालयहरू सञ्चालनमा आउने भएका छन् ।

अध्यक्ष भुपेन्द्र श्रेष्ठका अनुसार गाउँपालिकाले यही मंगलबारभित्र सबै वडामा रहेका विद्यालय खोल्ने तयारी गरेको हो । स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर त्रिपुरासुन्दरी गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने तयारी थालेको हो ।

अभिभावकसँग भेटघाट र छलफलपछि अहिले १ र २ नम्बर वडा भित्र रहेका विद्यालयमा पठनपाठन सुरु भईसकेको छ । पालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमणको जोखिम कम हुँदै गएको र लामो समयदेखि विद्यालय बन्द रहेकाले विद्यालय खोल्ने तयारी भएको पालिका अध्यक्ष श्रेष्ठले बताए ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा नकारात्मक असर परेकाले विद्यालय सञ्चालनको तयारी भएको उनले बताए । शिक्षण सिकाइलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय भएको हो ।

सरोकारवालाहरूको बैठकले विद्यालय कोभिड–१९ बाट बच्नका लागि आवश्यक सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गाउँपालिकाका सबै विद्यालयमा नियमित पठनपाठन गर्न आग्रह गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रतिमा पौडेलले जानकारी दिइन् । अहिले त्रिपुरासुन्दरी गाउँपालिका भित्र ६ वटा मा.वि, ८ कक्षा सम्म पठनपाठन हुने ५ वटा र आधारभुत तहका १८ वटा विद्यालय संचालनमा छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay