scheduleमगलवार कार्तिक ४ गते, २०७७

पेरिसडाँडाको बैठक स्थगित, अर्को बैठक बालुवाटारमा

काठमाडौं, ५ असोज । सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ। आज १ बजे पेरिसडाँडामा बस्ने तय भएको सचिवालय बैठक भोलि असोज ६ गते १२.३० बजे बालुवाटारमा बस्ने भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट मार्फत जानकारी दिएका छन् ।

आइतबार पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक निकायमा नियुक्तिलगायतका विषयमा छलफल गरेको थियो।

मन्त्रिपरिषद पुनर्गठनको मापदण्ड र संवैधानिक निकायमा नियुक्ती लगायतका विषयमा छलफल गर्न तयारी नपुगेकोले सचिवालय बैठक आजका लागि स्थगित गरिएको पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay