scheduleबुधवार कार्तिक ५ गते, २०७७

माग घटेको भन्दै रोकिएको फर्नेस तेलको बिक्री खुला

काठमाडौं, ५ असोज । नेपाल आयल निगमले फर्नेस तेल बिक्री सुरु गर्ने भएको छ । झण्डै चार वर्षअघि फर्नेस आयलको बिक्री माग घटेको भन्दै रोकिएको थियो ।

निगमले व्यवसाय विविधीकरणका लागि पुनः फर्नेस तेल बिक्री सुरु गर्ने भएको हो । निगमका प्रवक्ता वीनितमणि उपाध्यायले बजारमा यस्तो तेलको माग बढ्न थालेको र कारोबारलाई व्यवस्थित गर्ने भन्दै निगमले अब निजी क्षेत्रलाई फर्नेस आयल ल्याउन अनुमति दिन लागेको हो ।

निगमको यो निर्णयसँगै निजी क्षेत्रले निगमको अनुमतिमा ल्याएर बिक्री गर्न पाउनेछन् । प्रवक्ता उपाध्यायले अब निगमले निजी क्षेत्रलाई खरिद आदेश (पीडीओ) दिने बताए ।

निगमको नयाँ व्यवस्थापछि यसको कारोबार गर्दै आएका व्यवसायीहरूले स्वःस्फूर्तरुपमा खरिद बिक्री गर्न नपाउने निगमले स्पष्ट पारेको छ । आयल कारोबार अघि व्यवसायीहरुले निगमसँग अनिवार्यरुपमा अनुमति लिनुपर्नेछ ।

अहिलेसम्म व्यवसायीले भारतीय आयल कर्पाेरेसन (आईओसी)बाट सिधै खरिद गर्दै आएकामा नयाँ व्यवस्थासँगै निगमको एकाधिकार कायम भएको छ । प्रवक्ता उपाध्यायका अनुसार नयाँ निर्णयसँगै निगमले कारोबार व्यवस्थित हुने अपेक्षा गरेको छ । अनुमति लिएसँगै व्यवसायीले भारतको हल्दिया रिफाइनरी डिपोबाट आयल ल्याउन सक्नेछन् ।

भारतकै मथुरा रिफाइनरी पीडिओ जारी गर्ने निगमले जानकारी दिएको छ । फर्नेस आयल खरिदका लागि निगमले तोकेका तीनओटा कार्यालयहरु प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं.२ को अमलेखगञ्ज र निगमको केन्द्रीय कार्यालय काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

यो तेल नेपालमा विशेषगरी औद्योगिक प्रयोजनका लागि प्रयोग गरिन्छ । पछिल्लो समय यसको माग बढिरहेको छ । यही अवसरलाई निगमले व्यापार विविधिकरण बिस्तारमा सदुपयोग गर्न खोजेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay