scheduleशनिवार मंसिर २० गते, २०७७

काँग्रेस बैठक असोज १९ गते, केन्द्रीय कार्यालयमै पिसिआर परीक्षणको व्यवस्था

फाइल फोटो

काठमाडौँ, ५ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बैठक अगाडि पिसिआर परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयमा गरिएको छ । पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीलाई अनिवार्य रुपमा असोज १५ गते पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन केन्द्रीय कार्यालयल आग्रह गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay