scheduleमगलवार कार्तिक ४ गते, २०७७

कोरोना सङ्क्रमणका कारण झापामा एक वृद्धाको मृत्यु

सुरुङ्गा, ५ असोज । कोरोना संक्रमणका कारण आज झापामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेची नगरपालिका– ५ निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाइँले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि एक साताअघि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा उपचाररत रहेकी वृद्धाको आज निधन भएको हो । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या झापामा चार पुगेको छ ।

झापामा हालसम्म सात सय ९१ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । २४ हजार ६६५ जनाको कोरोना परीक्षण गर्दा ७९१ जनालाई कोरोना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमितमध्ये ६७८ जनाले कोरोना जीतेर घर फर्किएका छन् भने ११० जना उपचारकै क्रममा रहेको चम्लगाइँले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay