scheduleबुधवार कार्तिक ५ गते, २०७७

म्यान्चेस्टर सिटीका मिडफिल्डर गुन्डोगानलाई कोरोना संक्रमण

काठमाडौं, ५ असोज । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका मिडफिल्डर इकाए गुन्डोगानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

२९ वर्षीय जर्मन खेलाडीलाई संक्रमण पुष्‍टि भएको सिटीले सोमबार जानकारी गराएको हो ।

क्लबले परिक्षण गर्दा गुन्डोगानलाई कोरोना पुष्टि भएपछि १० दिनको सेल्फ आइसोलेसन बसाईमा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

संक्रमण भएसँगै २९ वर्षीय गुन्डोगान दुई साता आइसोलेसनमा बस्नुपर्ने छ । त्यसकारण उनले सोमबार राति हुने वुल्भ्सविरुद्धको खेलसहित अन्य खेलहरु पनि गुमाउने भएका छन् । सिटीले बिहीबार कारबाओ कपमा बर्नमाउथ र आइतबार प्रिमियर लिगमा लेस्टर सिटीसँग खेल्ने तालिका छ । यी दुवै खेल गुन्डोगानले गुमाउने छन् ।

यसैबीच सिटीका विंगर रियाद माहरेज र डिफेन्डर एमेरिक लापोर्टे कोरोनामुक्त हुदै प्रशिक्षणमा फर्किसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay