scheduleआइतवार कार्तिक ९ गते, २०७७

आइपिएल क्रिकेटमा बैंगलोरको विजयी सुरुवात

काठमाडौं, ६ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले जीत हात पारेको छ । प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा उसले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्‍यो ।

बैंगलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ दशमलव  ४ ओभरमा १५३ रनमै समेटिएको थियो । हैदराबादका जोनी बेयरस्टोले अर्धशतकीय पारी खेल्दै ६१ रन बना पनि हैदराबादको जीतका लागि पर्याप्त रहेन । सुरुवात राम्रै गरेको भए पनि मध्यक्रमका ब्याट्सम्यानहरु नचल्दा हैदराबादले खेल गुमाउन पुग्यो । हैदराबादलाई लक्ष्यअगावै रोक्न बैंगलोरका युजभेन्द्र चहलले ३ विकेट लिए भने नवदीप सैनी र शिवम दुबेले २-२ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । आइपिएलमा डेब्यु गरेका देवदत्त पडिक्कलले ५६ रन बनाए भने एबी डिभिलियर्सले ५१ रन बनाए । हैदराबादका टि नटराजन अभिषेक शर्मा र विजय शंकरले एक-एक विकेट लिए ।

जीतसँगै २ अंक बटुलेको बैंगलोर अंकतािकाको शीर्ष स्थानमा रहन सफल भएको छ भने पराजित हैदराबाद हाल पुछारमा रहँदै प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay